बाँके, १३ कत्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले गए राति नेपालगञ्जमा जु’वाको खा’लमा छापा मा’री रु २९ लाखसहित १० जनालाई पक्राउ गरेकोे छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जु’वाता’स खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मा’र्दा रु २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।
पक्राउ पर्नेहरुमा सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मिया छन् ।
जु’वाको खा’लबाट पक्राउ पर्नेहरुमा अधिकांश नेपालगञ्जका ठूला व्यवसायीहरु रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले २९ लाख ४८ हजार सात सय रुपैयाँ बरा’मद गरेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए ।