२०७७ कार्तिक १४ शुक्रवार, चतुर्दशी – कोजाग्रत पूर्णिमा – Oct 30, 2020
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – विवादको अन्त्य हुनेछ, मुद्धा मामिलामा जीत हुनेछ । उपलब्धिका काम अगाडि बढ्ने छन् । आफ्नै पहलमा धेरै काम बन्ने छन् । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – कुनै काम गर्नु छ भने पूर्वान्ह पूर्व गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । मध्यान्ह पछि घरयासी वस्तु खरीदमा धन खर्च हुनेछ । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । पारिवारिक भेटघाट हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। प्रतिष्ठित काम शुभारम्भ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रयत्न गर्दा महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – मध्यान्ह सम्म समय प्रतिकुल छ सोच विचार काम गर्नु होला । अपरान्हबाट समयमा सुधार आउनेछ । खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्न सक्छन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – पूर्वाद्ध कमजोर देखिन्छ । अलमल बढि हुनेछ कामले गति लिने छैन । उत्तराद्र्ध भने अनुकुल रहेकोछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । कुरा काट्ने समर्थनमा आउने छन् । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – काम खर्चिलो बन्न सक्छ। सानो उपलब्धिका लागि ठूलो वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।