फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने बुधबार एकैदिनमा ३६ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
यसैबीच फ्रान्सका रास्ट्रपति एमानुएल म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक“ लगाउनुपर्ने बताएका छन्। उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको पनि जानकारी दिए ।
नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ। लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नुपर्ने लगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमती दिइने भएको छ ।
भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले बताए । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ । ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ । एजेन्सी