धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उपप्रादेशिक अस्पतालमा स्तरोन्नति गरिने

धौलागिरी अस्पताल

बाग्लुङ, १४ कत्तिक । बागलुङको धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । २०१६ सालमा डिस्पेन्सरीका रुपमा स्थापित अस्पताल ५० शैयाबाट दुई सय शैया क्षमताको हुने भएको छ ।

हाल २५ रोपनी जग्गामा ५० शैया रहेकोे अस्पताललाई दुई सय शैयाको बनाउन जग्गा खोजी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

२०३३ सालमा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको यो अस्पतालमा चार जिल्लाका करिब छ लाख बिरामीले उपचार पाउँदै आएका छन् ।

धौलागिरी अस्पताल
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्