कैलालीमा बिहीबार राति आ’क्रम’ण : एक २२ वर्षीय युवकको मृत्यु , ३ पक्राउ

ह'त्या

कैलालीको जानकी गाउँपालिका ५–मा कु’टपि’ट गरी युवकको ह’त्या भएको छ । बिहीबार राति युवाहरुको आ’क्रम’णमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको ह’त्या भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आ’क्रम’णमा परी ग’म्भीर घाइते भएका तिमल्सिनालाई उ’पचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए । तिमल्सिनाको ह’त्या गरेको आ’रो’पमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक न्यौपानेले अनु’सन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्दछ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook