कैलाली, १४ कत्तिक । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेश प्रसाद जोशीलाई पक्राउ गरिएको हो ।
२०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालय बाट सिफारिस बनाएका थिए ।
अन्सारी टीकापुर नगरपालिका– ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुशीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जोशी नेपाली काँग्रेसबाट विजयी वडाअध्यक्ष हुन् । जोशीलाई हिरासतमा राखेर अ’नुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।