धादिङमा स्कार्पियो दुर्घटना ५ जना घाइते २ जनाको अवस्था गम्भीर

धादिङ, १५ कार्तिक । धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भने २ जना को अवस्था गम्भीर बनेको छ । घटना धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा घटेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बुटवलबाट काठमाण्डौँ तर्फ आउँदै गरेको बा १२ च ४४१० नम्बरको स्कार्पियो सडकबाट खोल्सामा खसेपछि यो विपत निम्तिएको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बा १२ च ४४१० नम्बरको स्कार्पियोमा सवार सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपि युवराज खड्काले जानकारी दिनुभएकाे हाे ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

डोटी, १५ कार्त्तिक। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बाख्रा घर आए पनि बाख्रा चराउन गएकी शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

ह’त्या आ’रोपी पक्राउ

अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको ह’त्या गरेको आ’रोप लागेका दुई फरार आ’रोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् ।

पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी गाउँपालिका–३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खु’कुरी प्र’हार गरी गम्भीर घाइते बनाएको आ’रोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्या’नअन्तर्गत मु’द्दा दर्ता गरी कानूनी का’रवा’ही शुरु गरी जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्