कञ्चनपुरमा फरक फरक स्थानमा तीन जनाको शव भेटियो

मृत्यु

कञ्चनपुर, १५ कत्तिक । कृष्णपुर नगरपालिका–४ मालुमेला स्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव जङ्गलमा भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव स’डिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए । प्रहरीका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिणमा चौधरीको शव भेटिएको हो ।

बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको थियो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्