दिलिप भण्डारी, पोखर । गोबिन्द चापागाईं र अनिता पन्तको स्वरमा रहेको तिहार गीत “आइन फर्केर” सार्वजनिक गरिएको छ । यस गीतमा अनिता पन्तले आफ्नो यथार्थलाई शब्दमा कोरेकि छन भने गीतको लय सिर्जना गायक गोबिन्द चापागाईंले गरेका छन ।
सुनिल परियारले संगीत संयोजन गरेको गीतलाई पोखराको डिजिटल स्टार रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको थियो भने गीतको अडियो मास्टरिङ्ग काठमाडौको वानडिबी स्टुडियो एचेनबी किस्मतले गरेका हुन ।
शिव राजा भुर्तेलको निर्देशनमा रहेको गीतको भिडियोमा अनिल कार्कीको कोरियोग्राफी रहेको छ भने अनिता पन्त, पुर्ण क्षेत्री, निश्चल दवाडी, दिलिप भण्डारी लगायत अन्य कलाकारको उत्कृष्ट अभिनय देख्न सकिन्छ । त्यस्तै पुर्ण गुरुङ, नेहा देवकोटा, सन्तोष सुवेदी, मनिका बिक, सुमन केसी र सोनु कुवँरको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
कोरोना महारामारीले गर्दा परदेशमा जागिर बाट बन्चित बिदेशीएका भाइसँगको कुरा, देउसी भैलोको रमाइलो तथा नृत्य समाबेश गरिएको गीतको छायांकन अनिल कार्किले गरेका हुन भने सम्पादन सुबाश अमगाईंले गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् –