मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त

डोरमणि पौडेल

हेटौंडा, १५ कार्त्तिक। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।

यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत रहेका छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ । रासस

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्