घरायसी वि’वादका कारण छोराद्वारा आमाको ह’त्या !

ghati thicheko

सिरहा, १५ कार्त्तिक। सिरहाको कर्जन्हामा छोराको कु’टाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा न.पा ३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले घरायसी वि’वादमा आफ्नी ८५ वर्षीया आमा सुदामा देवी साहलाई घाँ’टी थि’चि ह’त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार गत मंगलबार बेलुका घरायसी विवादका क्रममा आफ्नै छोरा द्वारा घाँ’टी थि’चेर घाईते बनाइएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो।

उपचारकै क्रममा उनको आज अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए । स्थानीयवासीले भने रामअवतारले आफ्नै आमालाई बोक्सीको आ’रोप लगाउँदै कु’टपि’ट गरी मलमुत्र खुवाउने प्रयास गरेको समेत आ’रोप लगाएका छन् ।

सुदामाका छोरा रामअवतारलाई प्रहरीले आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्