काठमाडौँ, १६ कार्त्तिक। पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसा पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार जुवा खेल्दै गर्दा पक्राउ गरेको हो।
यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट ब’न्दुक प’ड्का’उँदा यादव वि’वादमा आएका थिए । शेरबहादुर देउवा, लोकेन्द्र बहादुरा चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।
उनि अहिले स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।
