पाेखरा, १६ कार्तिक। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि., पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ४९ जना जना काेराेना संक्रमितहरु थपिएका छन् ।
सबै संक्रमितहरू लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि., पोखरामा पोखराका विभिन्न अस्पताल मार्फत कोरोनाको संक्रमण परिक्षणका लागि नमूना संकलन गरि पठाइएको हो ।क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५२ जना काेराेना संक्रमितहरु थपिएका छन् । सबै संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङ्ग बाट पहिचान भएका हुन ।
चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २५ जना काेराेना संक्रमितहरु थपिएका हुन् । चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।