कुमार सानुले फेरे आफ्नो बयानः पूर्व श्रीमतीबारे आयो यस्तो कुरा

kumar sanu

जान कुमार सानुले मराठी भाषामा दिएको बयानका कारण निम्तिएको विवाद रोकिने छाँटकाँटमा छैन । यो विवाद जान कुमार सानुको परिवारसम्म पुगेको छ । केहि दिन अघि उनको बयानमा उनका पिता तथा गायक कुमार सानू र उनकी श्रीमती रिता भट्टाचार्यले माफी मागेका छन् ।

यस्तै अब कुमार सानूले एउटा भिडियो जारी गर्दै छोरा कहिले बिग बसमा जाओस् भनेर आफूले कहिल्यै नचाहेको बताएका छन् । यसका साथै उनले अघिल्लो भिडियोमा आफ्नी श्रीमतीमाथि लगाएको आ’रोपबाट पनि यूटर्न लिएका छन् ।

वास्तवमा कुमार सानूले पछिल्लो भिडियोमा जानको बयानको कारण कतै न कतै उनकी श्रीमतीको गलत हर्का’इएको एक कारण भएको बताएका थिए । जबकी यो भिडियोमा कुमार सानूले आफ्नी श्रीमतीको तारिफ गरेका छन् र उनको हुर्काइलाई सही बताएका छन् ।

View this post on Instagram

Legendary singer Kumar Sanu praises his son Jaan & stands by him and with him also gives his piece of befitting advice to Rahul Vaidya to stay with goodness and exhibit love & compassion and focus on playing with sensibility and not bring in personal side on a public show. He also praises Jaan’s mother for raising a man like him who is not only sensible but matured enough to handle tricky situations with a lot of ease. Kumar Sanu in the video said it very clearly that Jaan is in Bigg Boss on his own merit, it has nothing to do with who his father is #biggboss14 #jaankumarsanu #kumarsanu #BiggBoss2020 #rahulvaidya #biggbossupdates #salmankhan #apekshanews @kumarsanuofficial @jaan.kumar.sanu

A post shared by Apeksha News Network (@apeksha.news) on

यसका साथै उनले आफ्नो स’म्बन्धवि’च्छेदको विषयमा राहुलको बयानबारे पनि कुरा गरेका छन् । कुमार सानू भन्छन्, ‘साधारण जीवनमा जान निकै राम्रो केटा हो । सबैको ख्याल राख्छ तर बिग बसमा उसले दबा’बमा आएर केही भनिरहेको हुन्छ किनभने उसको उमेर पनि कम छ ।

उनकी आमाले उसलाई निकै राम्रो संस्कार दिएकी छिन् । छोरा बिग बसमा जाओस् भनेर म चाहँदैनथेँ । मैले यसका लागि उसलाई केही सहयोग गरिनँ । उसलाई मन लाग्यो, त्यसैले अडिशन दियो र शोको हिस्सा बन्नका लागि पूरा कोसिस पनि गर्यो ।’

यसका साथै कुमार सानुले राहुल बैद्यको गायकीको तारिफ गर्दै उनले आफूहरुको स’म्बन्धविच्छे’दको कुरा कोट्याउँदा निकै दुःखी भएको बताए । कुमार सानुले भने, ‘कुनै दुई व्यक्तिको आपसमा कुरा मिल्दैन भने, उनीहरु अलग हुने कुरा नीजि निर्णय हो । तर यो कुरा उनीहरुको बच्चाहरुको अगाडि बारम्बार भन्नु सही होइन ।’ एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्