ललितपुरबाट १८ जुवाडे पक्राउ, ११ लाख ५५ हजार बरामद

काठमाडौँ, १६ कार्त्तिक। ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चांगाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए। डीएसपी शर्माका अनुसार उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरिएको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको शर्माले बताए ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सूर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पूर्णकृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ, वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थ रहेका छन् ।

त्यस्तै ललितपुर महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का विशबहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ बस्ने वर्ष ४३ दिप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत, वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महजन र काठमाडौँ–३२ बस्ने वर्ष ४९ का गोकुल खड्का छन् ।

प्रहरी निरीक्षक श्यामकुमार कट्वालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्