गाँजाबाट कोरोनाका बिरामीको उपचार हुनसक्ने वैज्ञानिकहरुको नयाँ तथ्य सार्बजनिक

gaaja

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका बिरामीको गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गााँजाको माध्यमबाट कोरोनाका गम्भीर बिरामीलाई उपचार हुनसक्ने निष्कर्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्कर्ष भने होइन ।

वैज्ञानिकहरुका अनुसार गाँजामा हुने टिएचसी नामक पदार्थले कोरोना संक्रमितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानिसलाई खतरनाक इम्युन पावरबाट बचाउँछ ।

गाँजा, cannabis
गाँजा

डेलिमेलले तयार पारेको समाचारका अनुसार शुरुमा मुसामा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । उक्त मुसा बाँचेको थियो र अन्य मुसा मरेका थिए ।

यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन् । अमेरिकाका धेरै राज्यमा गाँजाको प्रयोग वैधानिक मानिए पनि कैयन् राज्यले प्रतिबन्ध लगाएका छन् ।

नेपालमा पनि गाँजाको प्रयोगलाई अवैधानिक मानिँदै आएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्