पछिल्लो समयमा थुप्रै गीत संगीत बजारमा आउने क्रम बढ्दो छ । कहिले गीतले हसाउँछ त कहिले रुवाउँछ । यसै परिवेशमा पछिल्लो समयमा अन्य गीत भन्दा निकै नै फरक खालको ‘लाहुर जाने मदनहरु’ बोलको गीतले अहिले बजार तताई रहेको छ ।
सबैको मन मुटुमा बसिसकेको यो गीतले टिकटकमा पनि राम्रै सफलता हात पार्दै गएको छ । करिब ३० देखि ३५ जना टिकटक युजरहरु बाट अपलोड गरिएको १५ सेकेन्डको साउन्ड क्लिपमा १ दिनमै करिब ५ हजार बढी भिडियो बनिसकेका छन ।
गीतमा १ दर्जन बढी कलाकारहरुको मन छुने अभिनय रहेको छ । पछिल्लो समयका उदाउँदा ताराहरु सुर्य ढकाल, कोमल तामाङ, जीवन शाहनी, अश्मी थापा, ईश्वर सिंह, रोजि लामिछाने, रेशम निर्दोश, अस्मि पौडेल, कमल कुमार बि.क, अमृता नेपाली, कबिता गुरुङ्ग लगायतको मुख्य अभिनय गीतमा देख्न सकिन्छ । गीतको म्युजिक भिडियो निर्देशन तारानाथ आचार्यले गरेका छन ।
गीतको शब्दको कुरा गर्दा `करोड क्लबमा प्रबेश गर्न सफल गीत ‘भिर्नी झोलामा’ बहुचर्चित गीत ‘बाटैमा भाईरस’ लगायत गीतका शब्द संकलक सर्जक शिव अखेलीले निकै सरल र दमदार शब्द सिर्जना गरेका छन । लाहुर जाने मदनहरुमा पनि तप्प तप्प आँसु खस्ने शब्दहरुले झनै सबैको मन मुटुमा बास बस्न सफल भएका छन सर्जक शिव अखेली ।
उक्त गीतमा पछिल्लो समयका चर्चित गायक इश्वर सिंह र अमृता नेपालीको स्वर रहेको छ भने गीतको लय सृजना प्रभात हमालले गरेका छन । सुरज शर्माको प्रस्तुतीमा रहेको गीतलाई डिजिटल स्टारको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङ्गमा आफ्नो ठाउँ जमाइसकेको छ ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् –