हिजो ऐश्वर्या राय बच्चनको जन्मदिन आज शाहरुख खानको , कती बर्ष पुगे त यी दुई स्टारहरु ?

ऐश्वर्या राय बच्चन, शाहरुख खान

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले आइतबार आफ्नो ४८ औं जन्मदिन मनाइन् । सन् १९७३ को नोभेम्बर १ मा उनको जन्म भएको थियो । बलिउड मात्र नभई हलिउडमा समेत कामको अनुभव सँगालेकी ऐश्वर्याका धेरै प्रशंसक छन् । उनी स्कुले जीवनमा पढाइमा अब्बल विद्यार्थी थिइन् । उनले प्लस टुमा ९० प्रतिशत अंक ल्याएकी थिइन् ।

बलिउडमा किङ अफ रोमान्स मानिने सुपरस्टार शाहरुख खान नोभेम्बर २ तारिखमा ५५ वर्ष पुगेका छन् । उनका प्रशंसकका लागि यो दिन कुनै उत्सवभन्दा कम हुँदैन । हरेक वर्ष हज्जारौंको संख्यामा शाहरुखका प्रशंसक उनको जन्मदिनमा आफ्नो सुपरस्टारको एक झलक पाउनका लागि उनको घर ‘मन्नत’ को अगाडि घण्टौं उभिने गर्छन् ।

त्यस्तै शाहरुख खान पनि उनीहरुलाई दुःखी नबनाई आफूलाई माया गर्नेहरुलाई अभिवादन गर्न बाहिर निस्कने गर्छन् । तर यो वर्ष कोरोना महामारीका कारण शाहरुख खान आफ्ना प्रशंसकलाई भर्चुअली नै भेटघाट गर्ने तयारीमा छन् । टिभीको सुनौलो समयमा अभिनयको दुनियाँमा कदम राख्ने शाहरुद खानले फौजी र सर्कसबाट आफ्नो करियरको सुरुवात गरेका थिए ।

आफ्नो ३० वर्षको फिल्मी करियरमा शाहरुख खानले थुप्रै अविष्मरणीय फिल्ममा अभिनय गरेका छन् जसले हिन्दी फिल्म उद्योगमा गहिरो छाप छोडेको छ । एजेन्सी

ऐश्वर्या राय बच्चन, शाहरुख खान
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्