र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नगर्न अन्तरिम आदेश जारी

र्‍यापर समिर घिसिङ भिटेन

काठमाडौं, १८ कत्तिक । उच्च अदालत पाटनले र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ ।

गीत गाएर वि’वादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका थिए । उच्च अदालतका प्रवक्ता शम्भु प्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । भिटेनले एक साता अघि सार्वजनिक गरेको पारा नामक गीतमा अ’श्लील शब्द र गा’लीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।

यो विषय सार्वजनिक लगत्तै उनले युट्युबको ट्रेडिङ नं. १ मा रहेको आफ्नो गीत हटाएका थिए । साथै, प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधन पछि पुनः राखिने पनि जनाएका थिए । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।

अदालतमा निवेदन परेपछि प्रहरीको महानगरीय अ’पराध महाशाखालाई अनुसन्धानको जिम्मेवारी प्रहरी प्रधान कार्यालयले दिएको थियो । यसअघि महाशाखाले नै उनलाई पक्राउ गरेकाले अनुसन्धानको जिम्मेवारी फेरबदल गरिएको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्याल बताउँछन् ।

तर, महाशाखाले भने भिटेनले गीत हटाएको र सार्वजनिक याचना गरेकाले अनुसन्धान गर्नुनपर्ने निष्कर्ष निकालेको थियो । यसअघि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रहरीलाई गालीलगौज गरेको आरोपमा उनलाई महाशाखाले गत वर्ष ७ कात्तिकमा पक्राउ गरेको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्