बिष्णु माझी र बिरेन्द्र बुढा गीतमा किशोर, रेजिना र महिमाको झर्‍यो बरबर आँशुू (भिडियो सहित)

बिष्णु माझी र गायक बिरेन्द्र बुढाको 'बरबर आँशुू'

उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको जनता डिजिटल्सले फेरी आर्को उत्तिकै आशा गीत सार्वजनिक गरेको छ । लोकप्रिय गायिका बिष्णु माझी र गायक बिरेन्द्र बुढाको ‘बरबर आँशुू’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

शक्तिराम डीसीको शब्द चयनमा केशव सापकोटाको लय सिर्जना रहेको गीतमा राजु सुनामले संगीत संयोजन गरेका छन । गीतमा आफ्नो जिन्दगीसंग हरेष खाएर भगवानसंग गुनासो गरिएको छ ।

भिडियोमा किशोर खत्रि, रेजिना बिष्ट र महिमा गिरिको अभिनय देख्न सकिन्छ । सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमिरे र दिपक गिरीले खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

जनता डिजिटल्सको आफ्नै आधिकारीक च्यानलबाट बजारमा ल्याइएको गीतले छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्