काठमाडौं, १९ कार्तिक । वीर अस्पतालका १६ चिकित्सकहरुले आज सामूहिक राजीनामा दिएका छन् । आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकहरुले आफ्नो माग पुरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरी समक्ष राजीनामा बुझाएका छन् ।
कोभिड -१९ को यो संकटमा हप्ताको ९६ घण्टा काम गर्दा पनि तलब दिदाँ एक दिनको रकम कटौति गरी दिएको, अनि दर्शै भत्ता नदिएको भन्दै १६ चिकित्सकले राजीनामा बुझाएका हुन् ।
पत्रमा आफुहरुलाई चाहिने आवश्यक स्रोत साधन पनि उपलब्ध नगराएको, धम्की दिदै काम गराइएको उल्लेख गरिएको छ ।
