२०७७ फागुन ५ बुधवार, षष्ठी – 17 Feb 2021
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – समयमा गरेका काम सफल हुनेछन्,उचित लाभ हुनेछ । ढिला सुस्ति गर्दा जति फाइदा लिन सकिन्थ्यो त्यति हुने छैन । आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ । आफन्त भए पनि ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – खर्चिलाे कामले अर्थ अभाव हुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्न सक्छन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ । उपकारी काममा समय बढि खर्च हुनेछ तर आफ्नो उपकार गर्ने कोहि हुनेछैन । घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहान बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग भेटघाट हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – सहज रुपमा काम गर्ने बातावरण अझै बन्ने छैन । साना साना समस्या समाधान गर्न पनि तयारी ठुलो गर्नु होला । उपलब्धि हासिल गर्न संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सवैलाई आफ्नो ठानेर आत्मिय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो नाफा लिन सकिने छैन ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुने देखिन्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ ।
राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस् ।