काठमाडौँ, २० कत्तिक । सिन्धुपाल्चोक प्रहरीले ४१ हजार सात सय रुपैयाँ नगदसहित १२ जना जु’वाडेलाई पक्राउ गरेको छ । जु’वा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बाह्रबिसे–९ बस्ने अमृत तामाङ, कृष्ण बहादुर सापकोटा, खिका प्रसाद सापकोटा, जयरा श्रेष्ठ, तिलक दास श्रेष्ठ, मुनालल श्रेष्ठ, कान्छा तामाङ, फुर्वा तामाङ, देवेन्द्र भुजेल, राम कुमार श्रेष्ठ, नेत्र बहादुर थापा र पर्साका सलाउदिन अन्सरी रहेका छन् ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे स्थित तिलक दास श्रेष्ठको घरमा ता’स खलिरहेको छ भन्ने सूचनाको आधारमा खानत’लासी गर्दा ९ बुक ता’स, नगद सहित उनीहरु पक्राउ परेका हुन । उनीहरु वि’रुद्ध जु’वाता’स सम्बन्धी मु’द्दा दर्ता गरि थप अ’नुसन्धा’न कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।