जु’वा खेलिरहेकै अवस्थामा प्रहरी पुगेपछि…

arrest

तनहुँ, २० कत्तिक । तनहुँ प्रहरीले जु’वा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जु’वाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार स्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र पर्वत जिल्लाको बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको छ ।

जु’वाडेको साथबाट रु एक लाख ९७ हजार ९५० समेत ब’राम’द गरी थप अ’नुसन्धा’न भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जु’वा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिई गएको टोलीले जु’वा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै यता, सिन्धुपाल्चोक प्रहरीले ४१ हजार सात सय रुपैयाँ नगदसहित १२ जना जु’वाडेलाई पक्राउ गरेको छ । जु’वा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बाह्रबिसे–९ बस्ने अमृत तामाङ, कृष्ण बहादुर सापकोटा, खिका प्रसाद सापकोटा, जयरा श्रेष्ठ, तिलक दास श्रेष्ठ, मुनालल श्रेष्ठ, कान्छा तामाङ, फुर्वा तामाङ, देवेन्द्र भुजेल, राम कुमार श्रेष्ठ, नेत्र बहादुर थापा र पर्साका सलाउदिन अन्सरी रहेका छन् ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे स्थित तिलक दास श्रेष्ठको घरमा ता’स खलिरहेको छ भन्ने सूचनाको आधारमा खानत’लासी गर्दा ९ बुक ता’स, नगद सहित उनीहरु पक्राउ परेका हुन । उनीहरु वि’रुद्ध जु’वाता’स सम्बन्धी मु’द्दा दर्ता गरि थप अ’नुसन्धा’न कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्