काठमाडौँ, २० कत्तिक । बुधबार राजधानीको कोटेश्वर स्थित एक गेष्ट हाउसमा एक युवती मृ’त फेला परेकी छन् । मृ’त फेला पर्नेमा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी अधिकारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसको २०४ नम्बर कोठामा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाले जानकारी दिए ।
लामाका अनुसार अधिकारी मंगलबार राति सो होटलमा आएर बसेको अनु’सन्धा’न बाट खुलेको छ । ‘बुधबार बिहान अबेर सम्म पनि तल नझरे पछि स्टाफले गएर हेर्दा उनी मृ’त फेला परेकी हुन्,’ लामाले भने ।
उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन । यद्यपी अधिकारीको साथ बाट ला’गुऔ’षध नाइ’ट्रोभे’ट पनि भेटाएको लामाले बताए । अधिकारीको शव पोष्टमार्टमको लागि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा राखिएको छ । घ’टना बारे थप अनु’सन्धा’न भइरहेको छ ।