कैलाली, २१ कत्तिक । कैलालीमा कोरोना संक्रमण बाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।