कोरोना भाइरस (कोभिड–१९) संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए । उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। थिए ।
सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ६ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै गजुरेलसहित १८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । हाल कोरोनाबाट संक्रमित १०१ जना बिरामीहरु सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।