काठमाडौँ, २२ कार्त्तिक। हाँस्य कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित भएका छन् । कोरोना परीक्षणका लागि शुक्रबार लिइएको स्वाब संकलन गरिएको परीक्षणको नतिजामा उनमा कोरोना पुष्टि भएको हो ।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । शर्मा फेसबुकमा लेख्छन् “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”
शर्माले सामाजिक संजालमा लेखेका छन्, ‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरे पनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको गराउँछु । आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’
उनले आफू १४ दिनसम्म पूर्ण रुपमा होम आइसोलेसनमा बस्ने बताएका छन् । शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई सचेत रहन र लक्षण देखिएको खण्डमा कोरोना परिक्षण गरेर सुरक्षित रहन अनुरोध गरेका छन् ।