ट्राफिक प्रहरी कार्यालयले आजदेखि “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याउँदै

ट्राफिक प्रहरी

पाेखरा, २३ कार्तिक । बिश्व महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस नियन्त्रणको लागी नेपाल सरकार द्धारा जारी गरिएको लकडाउन खुकुलो भए पश्चात सडकमा सवारी साधनको संख्या बृद्धि भए सँगै सवारी दुर्घटना समेत बढ्न सक्ने संभावनालाई मध्यनजरमा राखी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आजदेखि एक महिनाका लागि दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएकाे छ ।

सवारी दुर्घटना न्युनिकरणको लागी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरि कार्तिक २३ आजदेखि बिहान ११ बजेबाट पहिलाे चरणमा  एक महिनासम्मका लागि दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालन गर्ने भएकाे हाे ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक प्रहरी पोष्टहरुले एकै पटक यो कार्यक्रम शुरु गर्न लागेकाे हाे ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्