स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर सहप्राध्यापक पौडेलको मृत्यु

डा.शिव पौडेल

बुटवल, २३ कत्तिक । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो ।

नयाँ स्कुटर खरिद गरेर सिक्ने क्रममा घर अगाडीको पर्खालमा ठोक्किए पछि उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रुपन्देहीको मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका पौडेलले असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए । उनी काशी बिश्वविद्यालय बनारसका नेपाली विभागका प्रध्यापक समेत भएका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्