विराटनगरमा एकैदिन थप सातजना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्‍यु

विराटनगर, २४ कात्तिक। विराटनगरमा २४ घण्टामा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका क्रममा विभिन्न चारवटा अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक/एक जना गरि ७ जनाको को मृत्यु भएको हो ।

सुनसरी इनरुवाका ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको हो । दाहालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषको सोहीदिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

इलाम मंगलबारेका अर्का ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका ६५ वर्षीय वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोही दिन रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।

सिराहामा पनि ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो। सोहि उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको हो।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको पनि पीसीआर परीक्षण गराउँदा कात्तिक १८ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचारका क्रममा सोमबार बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा सुनसरी र झपाका संक्रमितको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा सोमबार बिहान ७ बजे मृत्यु भएको हो । अस्पस्या थियो ।तालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । उनि निमोनियाको समस्याबाट ग्रसित थिए।

सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको आइतबार राति ८ः४० बजेतिर मृत्यु भएको हो । उनलाई कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्