काठमान्डाैँ, २५ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । भने अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।