काठमाडौं, २५ कात्तिक। राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तकमा लगाईएको कर हटाएकोमा धन्यबाद दिएका छन् । अध्यक्ष थापाले ट्वीटरमा लेख्दै सरकारलाई पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिएका छन् ।
साथै अध्यक्ष थापाले अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गरेका छन् । अध्यक्ष थापा भन्छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद।
पुस्तकमा भन्सार/कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु@kpsharmaoli @bpaudel1959
— Kamal Thapa (@KTnepal) November 10, 2020
अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु’ प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ध्यानाकर्षण गर्दै बिद्युतीय गाडीको बिषयमा सम्झाएका हुन् ।
अध्यक्ष थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ ।