तपाईंको आज : २०७७ कार्तिक २६ बुधवारको राशिफल

राशिफल - rasifal

२०७७ कार्तिक २६ बुधवार, एकादशी – रमा एकादशी व्रत – 11 Nov 2020

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पती कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहने छन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – रिस,डाहा गर्ने आफै किनारा लाग्ने छन् । गतिरोध हट्नेछ । पूर्वान्हमा गरेका काम भन्दा अपरान्हबाट शुरु गरेका काम बढि सफल हुनेछन् । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । आर्थिक रुपमा कमजोर हुँदा दैनिक आवश्यक्ताहरु परिपुर्ती गर्न सकिनेछैन । राजनीति तथा समाजसेवामा जनताको कमजोर सहभागित रहनेछ । आफन्त थता साभिभाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । मायाप्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्न सक्छ तर सानो कामलाई अधिक खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – काम गर्दा दुविधामा नपर्नु होला । दृढ विश्वासका साथ अगाडि बढ्नु होला गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् । विरोधीको संख्या बढ्नेछ । साना,साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। तत्काल चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – समयमा गरेका अधिकाँश काम सफल हुनेछन्,ढिला सुस्ति गरेमा उपलब्धि शून्य त हुने छैन तर कम हात लाग्नेछ । ढिला गर्दा कार्य सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्नेछ । सहयोगी घट्ने छन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । अरुको कुरामा विश्वास गर्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट कम आम्दानी हुनेछ ।

राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्