लामो समयको लकडाउनको प्रभाब, फिल्म हलमा पनी, ५० रुपैयामा टिकट

cinema - फिल्म हल

कोरोना भाइरस महामारीका कारण भारतका सिनेमा घरमा कुनै पनि फिल्मले व्यापार गर्न सकेका छैनन् । भारतमा करीब ७ महिनादेखि बन्द रहेका सिनेमा घरहरु खुला त गरियो । तर, दर्शक फिल्म हेर्न हलसम्म पुगेका छैनन् ।

यता फिल्म हल मालिक दर्शकलाई सिनेमा घरसम्म बोलाउने प्रयास गरिरहेका छन् । भारतमा सिनेमा घरका चेन पीवीआर, आइनोक्स र सिनेपोलिसले यस दिपावलीमा यशराज फिल्मको ५० वर्ष पुराना फिल्म देखाउने निर्णय गरेका छन् ।

यता यशराज फिल्मसले पनि मल्टिप्लेक्स हललाई सहयोग गर्ने निर्णय गरेको छ । यसले सिनेमा घरमा पुनः दर्शक आउने आशा गरिएको छ । लामो समयको छलफलपछि सिनेमा घरमा टिकटको ५० रुपैयाँ तय गरिएको छ । अब दर्शकले केवल ५० रुपैयाँमै फिल्म हेर्न पाउनेछन् ।

कोरोना भाइरसका कारण भारतीय फिल्म बजार पूर्ण रुपमा प्रभावित भएको छ । सात महिनासम्म सिनेमा घर बन्द रहेका थिए । यशराज फिल्मसले सबै वितरकलाई सिनेमा घरमा दर्शक आउन् भनेर सस्तोमा फिल्म देखाउन प्रस्ताव गरेको थियो । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्