काठमाडौँ, २६ कार्त्तिक। पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ ।
यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् । यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८० प्रतिशत रहेको छ भने अझै क्वारेन्टिनमा ११०९ जना रहेका छन् । यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । मृतकको संख्या एक हजार १७४ पुगेको छ ।