काठमाडौं, २७ कत्तिक । काठमाडौंको कंलकी स्थित मकालु पेट्राेल पम्प अगाडि कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठोक्किँदा ३ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईला तर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।
गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीले कुखुरा बाेक्ने गाडीमा सवार ४ जना नजिकै रहेकाे कलंकी स्थित सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जना जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेका छन ।
यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तामाङको खुट्टा र शरीरमा चोट लागेपनि बोल्न सक्ने अवस्थामा छन् । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका रोमन तामाङ सामान्य घाइते छन् । तामाङ गाडीका सहचालक हुन् । सहचालक तामाङले नै गाडी चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले सवारी अनुमति पत्र समेत नलिएको प्रहरीले जनाएको छ ।