प्राधिकरण भन्छ, ‘तिहारमा विद्युत कटौती हुँदैन’

बत्ती

काठमाडौं, २८ कत्तिक । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्यापत हुने स्पष्ट पारेको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ ।

तिहारका बेला विद्युत् आपूर्तिमा कमि नआउने र ग्राहकले अविछिन्न रुपमा विद्युत्को प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ । विगतका वर्षहरुको उद्योगधन्दा र कलकारखाना समेत सञ्चालन हुने गरेकाले विद्युत्को माग अत्याधिक हुने गरेको थियो ।

तर यस वर्ष कोरोना महामारीका कारण होटल तथा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युत्को चाप नरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार अहिले दैनिक औषत माग प्रतिघण्टा एक हजार २५० मेगावाट रहेको छ ।

तर कोरोनाका कारण बन्द रहेका स्थानमा लक्ष्मी पूजा लगायत तिहारका दिनमा थप विद्युत् खपत हुने छैन । पछिल्ला दिनमा राष्ट्रिय प्रशारण लाइनमा निजी क्षेत्रका आयोजना बाट ४८० मेगावाट, प्राधिकरणका आफ्नै आयोजना बाट ५२० मेगावाट र करिब ८० मेगावाट विद्युत् भारत बाट आयात हुने गरेको छ । पिक डिमाण्डको समयमा भने भारत बाट २५० मेगावाट सम्म आयात हुने गरेको प्राधिकरणले जनाएको छ ।

बत्ती
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्