कर्मचारीको मिलेमतोमा ललितपुरको कर्मनासा खोलाको जग्गा, कम्पनीको नाममा दर्ता

kuwa, khola

काठमाडौँ, २९ कार्त्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो ।

त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्