कोठामा ब’न्धक बनाएर वे’श्यावृ’त्तिका लागि मोलमोलाई गरिरहेको अवस्थामा ३ जना पक्राउ

बला'त्कार

पोखरा, २९ कार्त्तिक। कास्की प्रहरीले विदेश पठाउने बहानामा दुई जना महिलालाई जब’र्जस्ति वे’श्यावृ’त्तिमा लगाएको आरो’पमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेरूमा कास्कीको मादी गाउँपालिका–१ खेलसङका २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका–४ बगालेटोलकी ३० वर्षीया अन्जु गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–४ घर भएका २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

पक्राउ परेका उनीहरूले दुई फरक–फरक जिल्लाका दुई जना महिलालाई वैदेशिक रोजगारीको लागि विदेश पठाइदिने र विदेश पठाउनको लागि आवश्यक पर्ने रकम समेत आफूहरूले नै उपलब्ध गराइदिने भन्दै पोखरामा लगेर जब’रजस्ती वे’श्यावृ’त्तिमा लगाएको खुलेको प्रहरीको भनाइ छ ।

गत कात्तिक २६ गते पोखरा महानगरपालिका–६ लेकसाइड ल्याइएका महिलाहरूलाई वे’श्यावृ’त्तिमा संलग्न गराउने उद्देश्यले को’ठामा ब’न्धक बनाएर राखेको, वे’श्यावृ’त्तिका लागि मोल’मोलाई गरिरहेको र उनीहरूलाई शा’रीरिक तथा मान’सिक या’तना दिइरहेको अवस्थामा उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका दुवै जना महिलाहरूलाई संरक्षण केन्द्रमा राखिएको छ र उनीहरूका आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भइरहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्