धनुषा, २९ कार्त्तिक। जनकपुरमा पुन: एक युवतीमाथि एसिड प्र’हार भएको छ। जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि ए’सिड आ’क्र’मण भएको हो ।
शनिबार बिहान साढे ९ बजे एक युवकले आरतीलाई ए’सिड प्र’हार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार उनको मुहार र छातीको भाग ए’सिड प्र’हा’रका कारण जलेको छ ।
एसिड प्रहारबाट घाइते आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । ‘एसिड प्रहारले उहाँको शरीरको २० प्रतिशत भाग जलेको छ’, डीएसपी मिश्रले भने
‘एसिड प्रहार कसले गरेका हुन् भन्ने अहिलेसम्म खुलेको छैन् तर एसिड प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको उनले बताए। जनकपुरको स्थानीय बासिन्दाका अनुसार देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान ए’सिड प्र’हार भएको हो।