कोरोनाका कारण भारतमा थप ८ नेपालीको मृत्यु

कोरोनाबाटै मृत्यु

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म कोरोनाका कारण मृत्यु हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने स-साना भेटघाटहरु कम गर्न आग्रह गरेको छ। समितिका संयोजक डा. सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन्।

यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ। शनिवार साँझ सम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्