अस्ट्रियाले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेको छ। रात्रिकालीन कर्फ्यू पछि दोस्रो पटक लकडाउन घोषणा गरेको छ । दोस्रो पटकको लकडाउन साढे दुई साताका लागि चान्सलर सेबास्टियन कुर्जले घोषणा गरेका हुन् ।
मंगलबारबाट लागू हुने नयाँ व्यवस्थापछि विद्यालयहरू बन्द हुने बताइएको छ। तर भर्चुअल माध्यमबाट पढाइ भने सुचारु हुने चान्सलर कुर्जले बताए । अस्ट्रियामा शुक्रबार ९ हजार ५८६ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै शनिबार ७ हजार ६३ जना भेटिएका छन् भने ८५ कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म अस्ट्रियामा १ लाख ९८ हजार कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ७४६ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो समय युरोपियन मुलुकमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र फैलिएसँगै विभिन्न मुलुकले पुनः लकडाउन घोषणा गरेका छन् । एजेन्सी
