बुटवल, ३० कार्त्तिक। रुपन्देहीको तिलोत्तमामा बाबुको च’क्कु प्र’हारबाट छोराको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानीय ७० वर्षीय लक्ष्मी साहले सोमबार राति ८ बजेतिर प्र’हार गरेको छु’राले ३५ वर्षीय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
लक्ष्मी साह रक्सीको कुल’तमा फसिसकेका थिए । ३५ वर्षीय छोरा मधो साह भने बुवाको रक्सीको ल’त छुटाउन चाहन्थे । सम्झाउँदा नमानेपछि गाउँका पसलवालाई बुबालाई रक्सी नदिन आग्रहसमेत गर्थे । कतिपयले उनको आग्रहलाई मान्दै लक्ष्मीलाई रक्सी दिन बन्द पनि गरिदिए । लक्ष्मीलाई यो कुरा पटक्कै मन परिरहेको थिएन । आफूले रक्सी सहजै नपाएको झों’कमा उनले छोराको ह’त्या गरे ।
यो घटना भदौ २९ गतेको हो अर्थात लक्ष्मी पुजाको रात। त्यो दिन पनि लक्ष्मी रक्सीले मातिएर घर आए। साँझ घर आइपुगेका उनलाई छोराले किन रक्सी पिएको भनेर कराउँदै थिए । बाबु–छोराबीच वि’वाद बढ्यो । लक्ष्मीले आफ्नो साथमै बोकेर हिँडेको चक्कु छोरामाथि प्र’हार गरे ।
साँझ सवा सात बजे भएको यो घटनामा छोरा मधो गम्भिर घाइते भए । च’क्कु प्र’हारबाट गम्भीर घाइते भएका माधोको उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमा नै मृत्यु भयो। प्रारम्भिक अनु’सन्धानका क्रममा बाबु–छोराबीच अरु विषयमा वि’वाद खासै नरहेको पाइएको प्रहरीले जनाएको छ ।
केही दिन पहिले रक्सी खान नपाएको झोँकमा लक्ष्मीले घर छोड्ने निर्णय गरेका थिए । घर परिवार तथा गाउँलेले सम्झाइबुझाइ गरेपछि एक साता जति रक्सी छोडेका उनले फेरि पिउन थाले ।
छोराले रक्सी नखानुस् बुवा बरु दूध खानुस् भनेर सम्झाउँदै आएका थिए, नमानेपछि पसलहरुमा रक्सी दिन रोक लगाए। तर लक्ष्मीले भने रक्सि खान नदिएको भन्दै छोरामाथि आक्रोश पोख्थे ।’
छु’रा प्र’हार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दकुमार सिंहले बताए ।