पूर्व-पश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा ६ युवा पक्राउ

पक्राउ

नवलपुर, २ मंसिर । पूर्व-पश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर ज’बर्ज’स्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । सो समूहले लमजुङ बाट रुपन्देहीको खैरेनी तर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो ।

साथै गाडीमा रहेका केही कुखुरामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवा माथि थप अ’नुसन्धा’नको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्