ट्रम्पले इरान माथि आ’क्रम’ण गर्ने बारे आफ्ना वरिष्ठ सहयोगीहरु सँग सल्लाह गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान माथि आ’क्रम’ण गर्ने बारे आफ्ना वरिष्ठ सहयोगीहरु सँग सल्लाह गरेको खुलेको छ । इरानका आणविक केन्द्रहरुमा आ’क्रम’ण गर्ने सम्भाव्यता र त्यसका विकल्प बारे उनले बिहीबार आफ्ना वरिष्ठ सहयोगीहरु सँग सल्लाह मागेको समाचार न्यूर्योक टाइम्समा प्रकाशित छ ।

वहालवाला चार जना अधिकारी र केही पूर्व अमेरिकी अधिकारीहरुको भनाई उदृत गर्दै बिहीबार राष्ट्रपतिको कार्यालयमा यस बारे छलफल भएको हो । यसक्रममा उपराष्ट्रपति माइक पेन्स, विदेश मनत्री माइक पोम्पेओ, कार्यवहाक रक्षामन्त्री क्रिष्टोफर मिलार र सेना प्रमुख जनरल मार्क मिल्ल लगायत वरिष्ठ सल्लाहकारहरुले सैन्य आक्रमण नगर्न सल्लाह दिएको समाचारमा उल्लेख छ ।

राष्ट्रपति छँदाका अन्तिम दिनहरुमा गरिएको यस्तो आ’क्रम’णले अहिले देखिएको भु’ठभे’डपूर्ण अवस्थामा थप समस्या निम्तने भन्दै उनीहरुले सावधान गराएका थिए । यद्यपी, ट्रम्पले इरानका सहयोगी र उसको सम्पत्ति माथि आ’क्रम’ण गर्ने बारे सोचिरहेको हुन सक्ने सल्लाहकारहरुले बताएका छन् ।

इराकमा रहेका इरानी लडाकुुहरु माथि आ’क्रम’ण गर्ने योजना पनि ट्रम्पको हुनसक्छ, टाइम्स पत्रिकासँगको कुराकानीमा सल्लाहकारहरुले भनेका छन् । यसअघि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले जारी गरेको रिपोर्ट टाइम्स पत्रिकामा प्रकाशित भएको थियो, यस रिपोर्ट अनुसार इरानको युरेनियम भण्डारण आणविक सम्झौताले तय गरेको न्युुनतम मापदण्ड (३ सय किलोग्रामको सिमितता) भन्दा १२ गुणा धेरै पुुगिसकेको छ । २०१५ मा अमेरिकासहित विश्वका शक्तिशाली ५ देश समेतको संलग्नतामा इरानले यो सम्झौतामा हस्तक्षेप गरेको थियो । यद्यपी, अमेरिका २०१८ मा यो सम्झौताबाट बाहिरिइसकेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्