२०७७ मंसिर ३ बुधवार, चतुर्थी – 18 Nov 2020
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अरुलाई विश्वास गरेर काम गर्ने अवस्था रहने छैन । कुनै क्षेत्रमा पनि जर्वजस्ति नगर्नु होला । बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य पाइने छैन । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बिहानको समय मध्ययम रहेकोले सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – बाधा अवरोधको सामना गर्नु पर्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।