सन् २०३० देखि बेलायतमा पेट्रोल–डिजेल कारको बिक्रि बन्द हुँदै

कार

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्रि बन्द हुनेछ । यो कदम बेलायत सरकारको जलवायु परिवर्तन र परमाणु ऊर्जा जस्ता उद्योगमा नयाँ जागिर सृजना गर्ने योजना अनुसार उठाइएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ को नाम दिएका छन् । यसको घोषणा बुधबार हुँदैछ । पर्यावरण आन्दोलनकारी पेट्रोल र डिजेल कारबारे लिइएको यो निर्णयलाई जलवायु परिवर्तनसँग जुध्ने दिशामा एक ऐतिहासिक मोड बताएका छन् ।

बेलायती सरकारले यो योजना मार्फत् बेलायतले सन् २०५० सम्म देशले कार्बन उत्सर्जन समाप्त गर्ने लक्ष्य हासिल गर्न सहयोग पाउने बताएको छ । एजेन्सी

कार
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्