विश्वकप छनोट : दक्षिण अमेरिकी समुहको छनौटमा ब्राजिल शिर्ष स्थानमा

विश्वकप ब्राजिल

फिफा विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी समुहको छनोट खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा ब्राजिल २–० ले विजयी भयो । ब्राजिलका लागि अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।

दोस्रो हाफमा एडिन्सन काभानीले रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको उरुग्वे खेलमा फर्कन सकेन । जारी विश्वकप छनौटमा ब्राजिलको यो लगातार चौथो जित हो । दक्षिण अमेरिकी समुहकै अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६–१ ले पराजित गर्‍यो ।

यसैगरी भेनेजुएलाले चिलीलाई २–१ ले हराउँदा पाराग्वे र बोलिभियाले २–२ गोलको बराबरी खेलेका छन् । आज बिहानका खेलहरुपछि दक्षिण अमेरिकी समुहको छनौटमा ४ खेलबाट १२ अंक जोडेको ब्राजिल शिर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने तेस्रो स्थानको इक्वेडरको ९ अंक छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्