तीन वर्षीया बालिकाको बला’त्कार पछि ढुङ्गाले हानेर वीभ’त्स ह’त्या

hatya

मकवानपुर, ४ मंसिर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभ’त्स ह’त्या भएको छ । उनको बला’त्कार पछि ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको ह’त्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि र’गत ल’त्पतिएका कारण बला’त्कार पछि ढुङ्गाले हानेर वीभ’त्स ह’त्या गरेको हुनसक्ने तर्फ अनु’सन्धा’न शुरु गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ग’म्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता राना सहितको प्रहरी टोली घ’टना स्थलमा रहेको छ भने प्रहरीले घ’टनामा संलग्न भएको आश’ङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा र’क्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्